३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक



काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमार्फत प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित सात जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-१ घर भई हाल मनमैजु बालाजु, जरंखुलगायत स्थानहरूका सडकपेटीमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया विपना, वसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तानी गाउँपालिका-४ ओखरेकी २१ वर्षीया बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

उनका अनुसार अभियुक्तहरु अष्ट नारायण हलपछाडि, २२ धारा जङगलबाट भाग्न लागेको अवस्थामा प्रहरीले एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको हो ।

खोटाङको मजुवागढी गाउँपालिका-१ घर भई हाल ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत मृतक प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तार्केश्वर-९ मनमैजुमा फेला परेको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुई तलामा म्याटले छोपेको अवस्थामा शव फेल परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ३ : ०१ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय