९ बैशाख २०८३, बुधबार | April 23, 2026

एन्फा रुपन्देहीको आयोजनामा बुटवलमा शनिबारदेखि जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग सुरु हुने



बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग सुरु हुने भएको छ । जिल्लाका ९ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको हो ।

बुटवल उपमहानगरपालिका-११ स्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिताका लागि ‘ए’ डिभिजनमा रहेका ७ वटा क्लब तथा बी डिभिजन लिगबाट छनोट भई बढुवा भएका २ वटा क्बल गरी ९ टिम बीच प्रतिस्पर्धा हुन लागेको खेल संयोजक तथा एन्फा रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।

जिल्लामा रहेका ८ समूह ए डिभिजनमा रहे पनि एक समूह सहभागी हुन टुङ्गो नलाग्दा ९ समूह बीच मात्रै प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौचनले पहिलो दिन एक मात्र उद्घाटन खेल तथा त्यसपछि प्रत्येक दिन २ वटा खेल हुने बताए ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कूल ३६ वटा खेल हुने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० तथा चौथो स्थान हासिल गर्ने क्लबले २० हजार नगद राशी प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फा रुपन्देही उपाध्यक्ष मुकेश कुंवरले जानकारी दिए ।

जिल्लामा ए डिभिजन क्लब छनोटका लागि आयोजना गरिने यो लिगबाट अंक तालिकाका आधारमा पुच्छारका २ वटा क्लब डिभिजन बी मा घटुवा हुने छन् भने अन्य क्लब डिभिजन ए मा कायम रहने छन् । प्रतियोगितामा यो वर्ष समुह एमा बढुवा भएका हिमाल युथ क्लब र सिम्रिक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डिएमसी रहेका छन् । कार्यक्रमका अवसरमा बोल्दै एन्फा रुपन्देहीका अध्यक्ष लोक पुनले जिल्ला लिगबाट नयाँ खेलाडी उत्पादन हुने विश्वा व्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेल शनिबार दिउँसो साढे ३ बजदेखि एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लब बीच हुने छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : ३४ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका