९ माघ २०८२, शुक्रबार | January 23, 2026

बाँकेमा रक्तदान गरेर कृष्ण सेन “इच्छुक”को सम्झना गरियो



नेपालगन्ज । कृष्ण सेन “इच्छुक” को २२ औं स्मृती दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले रक्तदान गरेको छ ।

स्मृती दिवसको अवसरमा आईतबार प्रेस सेन्टर नेपालको आयोजनामा नेपालगन्जमा रक्तदान गरीएको हो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको सेन्टरले जनाएको छ । भेरी अस्पतालको हाताभित्र रहेको रक्त संचार केन्द्रमा भएको रक्तदान कार्यक्रममा बिभिन्न क्षेत्रका २६ जनाले रक्तदान गरेको प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यजले जानकारी दिए ।

जनयुद्ध ताका समाचार लेखेकै आरोपमा कृष्ण सेन “इच्छुक” तत्कालिन ब्यवस्थाका शासकहरुको निर्देशनमा प्रहरीले कुटेर हत्या गरेको थियो । रक्तदान कार्यक्रमा उपस्थित सहभागीहरुले नेपालमा भएका परिवर्तनकारी आन्दोलनमा इच्छुकको ठुलो त्याग र बलिदान सहित महत्वपुर्ण भुमिका खेलेको चर्चा गरे । उनीहरुले जनताको पक्षमा समाचार लेखेकै कारण कलम बन्द गराउन शासकहरुको निर्देशनमा हत्या गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको प्रशंसा गर्दै सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखे ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालले नेपाली पत्रकारीता क्षेत्रमा कृष्ण सेन “इच्छुक” को योगदान महत्वपूर्ण र स्मरणीय रहेको बताए ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष दुर्गा थारु(कबिर),प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज डा. डक्टप्रसाद धिताल, नीति तथा परामर्श समितिका सदस्य सुशील शर्मा लामीछाने, प्रदेश उपाध्यक्ष प्रदीप वाग्लेलगायत बिभिन्न संघ संस्था तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तत्कालीन सरकारले २०५९ साल जेठ ६ गते गिरफ्तार गरी पत्रकार सेनको ७ दिनपछि जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरेको थियो । सोही दिनको स्मृतीमा हरेक वर्ष जेठ १३ गते कृष्ण सेन ईच्छुकको स्मृती दिवस मनाईंदै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १० : ४९ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी