२९ भदौ २०८३, सोमबार | September 15, 2026

बजेटले दलहन र खाद्य उद्योगीलाई उत्साह दिएन



नेपालगन्ज । आव २०८१/८२ को बजेटले उद्येगीहरुमा उत्साह नथपेको उद्योगी प्रदीप छाजेडले प्रतिक्रिया दिएका छन् । बजेटमा विशेषगरि दलहन र खाद्य उद्योगीहरुलाई निरास बनाएको छाजेडले बताए ।

खबरकुरासँग कुरा गर्दै केएल दुगड ग्रुपका प्रबन्ध संचालक छाजेडले तयारी र कच्चा दाल दुबै दलहन जन्य खाद्यमा १० प्रतिशत अग्रीम आयकर लगाएर दलहन उद्योगलाई धारायायी बनाउने काम भएको प्रतिक्रिया दिए । उनले दलहनमा लगाइएको अग्रीम आयकरले तस्करी बढाउने, अण्डरबिलिङलाई बढावा दिने र मूल्य बृद्धि हुने जनाए । उनले बजेटले गहुँ आयातमा पनि आग्रीम आयकर लगाएर आधारभूत खाद्यान्ह प्रयोग गर्ने उपभोक्तालाई मार पारिएको बताए । गहुँबाट उत्पादन हुने मैदामा १.५ प्रतिशत अग्रीम आयकर लाग्दा गहुँमा २.५ प्रतिशत अग्रीम आयकर लगाइएको उनले बताए ।

दलहन र खाद्यान्हमा अग्रीम आयकर लगाउने अर्थमन्त्रीले त्यसको बिकल्पमा कृषकहरुलाई उत्पादनमा दिने सहुलियत र अनुदानका बारेमा बजेटमा उल्लेख नभएको पनि उनले टिप्पणी गरे । कृषि उत्पादनको पर्याप्त समभावना सुनिश्चित नगरि कर असुलिमा मात्र ध्यान केन्द्रीत गर्दा उपभोक्ताहरु महङ्गीको मारमा पर्ने उद्योगी छाजेडको आँकलन छ ।

उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक ट्रक र बुलेटहरुमा प्रवेश शुल्क लगाईएको छ । मालबाहक ट्रकले प्रति ट्रक १ हजार ५०० तिरेर ७२ घण्टामा फर्कनु पर्ने र ग्यांस बुलेटले सोही रकममा ९६ घण्टा भित्र अनलोड गर्नु पर्ने गरि व्यवस्था मिलाईएको छ । जसका कारण ढुवानीमा मूल्य बृद्धि हुन सक्ने उनले आँकलन गरे । तयारी मसलाहरुमा गरिएको करको दर बृद्धिले भने नेपाली उद्योगीहरुले फाइदा लिन सक्ने छाजेडले बताए ।

सुतिजन्य कपडाहरुमा समेत मुल्य अभिबृद्धि कर लगाईएको जनाउँदै उनले स्वदेशमा उद्योग स्थापनाको वातावरण सृजना नगरि सुतिजन्य कपडाहरुमा मुल्यअभिबृद्धि कर लगाउँदा आधारभुत वर्गका उपभोक्ताहरुलाई महङ्गीको मर्का पर्ने उनको ठहर छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ८ : २८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ