२८ भदौ २०८३, आइतबार | September 14, 2026

बाँकेको जानकीमा भएको हत्या आरोपमा ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले जिल्लाको जानकी गाउँपालिकामा गत बैशाख २७ गते भएको एक जनाको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मृतकको छोराको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

गत बैशाख २७ गते जानकी-२ फुलपुरुवाका ५५ वर्षीय प्रेमलाल कुर्मी घाँटीमा सर्ट बेरिएको अवस्थामा मृत फेला परेका थिए । घटनामा संलग्न भएको आरोपमा बाँके प्रहरीले जानकी-२ फुल फुलपुरुवाकै ४० वर्षीया महिलका तेली, सोही स्थानकै ५० वर्षीय नन्कु लोनिया र ५० वर्षीय रतिराम कोरीलाई पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेको प्रहरीले उनीहरुलाई थप ७ दिनको म्याद लिएर हत्या घटनाको अनुसन्धान गरिएरहेको जनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ४ : २३ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा