७ श्रावण २०८३, बिहिबार | July 23, 2026

माछापुच्छ्रे बैंकले गरिदियो सुर्खेतको बिद्यालयमा खानेपानीको ब्यवस्था



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेका श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी पूर्वाधार हस्तान्तरण गरेको हो ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी पूर्वाधारहरु निर्माण गरिदिएको बैंकले जनाएको छ । २८९ जना विद्यार्थी एंव १८ जनाशिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थियो।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उत्त mनिर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा कामगर्दै आएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ३ : ५० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी