८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता



काठमाडौं । सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार प्रतिपक्षी दलहरुसँग भेट गरेको विषयमा केन्द्रित रहेको थियो  ।

नेपालको सो भेटपछि सत्ता गठबन्धन तरंगित बनेको थियो ।  सो भेट बारे छलफल गरेर गठबन्धनमा विश्वासको बातावरण बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीले माधव नेपालसँग छलफल गरेको बुझिएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले समसामयिक विषयवस्तुमा छलफल भएको प्रतिक्रिया दिएका थिए ।

बुधबार साँझ देउवा निवासमा हाल अल्पमतमा रहेको जसपा नेपालको मधेश प्रदेश सरकारलाई बचाउने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउमा आएमा मधेश सरकार बहुमतमा हुने हुनाले देउवाले सो पहल गरेका थिए ।  साथै देउवाले नेपाललाई अहिलेको गठबन्धन छोडेर मधेशबाटै वैकल्पिक गठबन्धन बनाउन आग्रह गरेका थिए ।

यस अघि शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले भने माओवादी केन्द्रको संसदीय दलको बैठकमा माधव नेपालले आफूसँग सोधेर देउवासँग भेटेको दाबी गरेका थिए । साथै उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत दाबी गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ६ : १९ बजे

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार

रुपन्देही-४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रुपन्देही । “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य

विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर