२ पुस २०८२, बुधबार | December 18, 2025

जिल्लाव्यापी नकआउट फुटबल–२०८१ : एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश



कोहलपुर । एफसी संघारी नेपालगन्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । बेलुका भएको खेलमा न्यु दर्पणले न्यु नलेज स्पोट्र्स क्लबलाई ४–० ले हरायो ।
अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यु दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४०औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर सिटी युथका क्षितिज थापा मगरले ४८औं मिनेटमा गोल गदै खेल बराबरी गरे । टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुन मगर, अमर श्रेष्ठले गोल गरेका थिऐ । सिटीको तर्फबाट क्षितिज थापा मगर, टेकेन्द्र विसी र हेमन्त घर्तीले मात्र गोल गरे ।

आइतबार बेलुका भएको खेलमा न्यु दर्पणको जितमा सुदिप विकले १८औं मिनेट, हनव सुनारले २९औं मिनेट, अभय थापाले ३७औं मिनेट र विधान सुनारले ६९औं मिनेटमा गोल गरेका थिए । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

प्रतियोगितामानेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ४३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल