२८ भदौ २०८३, आइतबार | September 14, 2026

जिल्लाव्यापी नकआउट फुटबल–२०८१ : एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश



कोहलपुर । एफसी संघारी नेपालगन्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । बेलुका भएको खेलमा न्यु दर्पणले न्यु नलेज स्पोट्र्स क्लबलाई ४–० ले हरायो ।
अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यु दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४०औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर सिटी युथका क्षितिज थापा मगरले ४८औं मिनेटमा गोल गदै खेल बराबरी गरे । टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुन मगर, अमर श्रेष्ठले गोल गरेका थिऐ । सिटीको तर्फबाट क्षितिज थापा मगर, टेकेन्द्र विसी र हेमन्त घर्तीले मात्र गोल गरे ।

आइतबार बेलुका भएको खेलमा न्यु दर्पणको जितमा सुदिप विकले १८औं मिनेट, हनव सुनारले २९औं मिनेट, अभय थापाले ३७औं मिनेट र विधान सुनारले ६९औं मिनेटमा गोल गरेका थिए । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

प्रतियोगितामानेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ४३ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा