२६ बैशाख २०८३, शनिबार | May 9, 2026

आजको मौसम : कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी



काठमाडौं । मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वाग्मती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी,वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हुरीको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ७ : ४६ बजे

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा