२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

टी-२० विश्वकपमा आज तीन खेल हुदै



काठमाडौं । जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् । आज पहिलो खेल समुह सी मा रहेका पीएनजी र युगाण्डाबीच हुने छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले अ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

त्यस्तै आज दोस्रो खेल समुह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच हुने छ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि हुने छ । यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ । यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट हो ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ०४ बजे

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा