३१ असार २०८३, बुधबार | July 16, 2026

कोरोनाबाट सतर्क रहन भरतपुर महानगर प्रमुख दाहालको आग्रह



चितवन । महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेकी छिन् ।

दाहालले एक अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेको र यस्तो विषम परिस्थितिमा कोरोनाबाट डराएर होइन उच्च मनोबलका साथ सुरक्षा सजकता अपनाएर मात्र कोरोनाबाट मुक्ति पाउन सकिने उल्लेख गरेकी छिन् ।

कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको जनाउँदै उनले शङ्कास्पद बिरामी तथा समुदायस्तरमा पिसिआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनको कार्यलाई तीव्रता दिइने जानकारी दिइन ।

महानगरका वडा नं १, १०, १५ लगायतका मुख्य शहरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । बैंक, प्रहरीलगायतका स्थानमा काम गर्ने पनि पछिल्लो दिन सङ्क्रमित भएका छन् ।

भरतपुर महानगरको अगुवाइमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरेको थियो । सो अस्पतालपछि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख दाहालले भरतपुर अस्पतालसहित महानगर क्षेत्रमा रहेका स्वास्थ्य सङ्घ संस्थासँग समन्वय गरी कोरोना नियन्त्रणमा जुट्न सबैमा अनुरोधसमेत गरेकी छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : १० बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही