१८ माघ २०८२, आइतबार | February 1, 2026

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त



काठमाडौं । नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिएकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७:१५ बजे राष्ट्रपति भवनमा हुने भएको छ ।

यसअघि आजै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए । उनलाई आजै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ७ : २४ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज