२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

टी-२० विश्वकप क्रिकेटमा क्यानडाको पहिलो जित



काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ । न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डलाई पराजित गरेपछि सुपर एटको होड कायम राखेको छ । आयरल्याण्डको भने यो लगातार दोस्रो हार हो । आयरल्याण्ड यसअघि भारतसँग पराजित भएको थियो ।

खेलमा आयरल्यान्डका कप्तान पाउल स्टर्लिङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि क्यानडाको सुरुवात खराब रह्यो तर अन्तिममा टोलीले १ सय ३७ रनको सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । १३८ रनको लक्ष्यको जवाफमा आयरल्यान्डको टोलीले अन्तिम ओभरमा कडा संघर्ष गरे पनि टोली विजयबाट १२ रन मात्र टाढा रह्यो ।

पहिले ब्याटिङको निमन्त्रणा पाएपछि क्यानडाका नवनीत धालिवालले ६ रन बनाए भने आरोन जोन्सनले १४ रनको योगदान दिए । ३ नम्बरमा ब्याटिङ गर्दै परगट सिंहले उत्कृष्ट १८ रन बनाए पनि उनी पनि चाँडै नै पभेलियन फर्किए । क्यानडाले एक समयमा ५३ रनमा ४ विकेट गुमाएको थियो तर त्यहाँबाट निकोलस किर्टन र श्रेयस मोभाले ७५ रनको महत्वपूर्ण साझेदारी गरे ।

किर्तनले ३ चौका र २ छक्का सहित ४९ रन बनाए भने श्रेयसले ३७ रनको उत्कृष्ट पारी खेले । आयरल्याण्डका लागि क्रेग योङ र ब्यारी म्याकग्राथीले २-२ विकेट लिए । १३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डका ओपनरहरूले टोलीलाई सुस्त सुरुवात गराए । पल स्टर्लिङ र एन्ड्रयु बालबर्नीले ५.४ ओभरमा २६ रन जोडे ।

यसपछि आयरल्यान्डले लगातार अन्तरालमा विकेट गुमायो र ५९ रनको स्कोरमा आयरल्याण्डका ६ ब्याट्सम्यान पभेलियन फर्किए । मार्क एडेयर र जर्ज डकरेलले सातौं विकेटका लागि ६२ रनको साझेदारी गरे पनि अन्तिम ओभरमा मार्क एडेयर ३४ रन बनाएर आउट भए भने अर्को छेउमा डकरेलले ३० रन बनाएर अविजित रहे र आयरल्यान्डले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो । क्यानडाका लागि जेरेमी गोर्डन र डिलन हेलिगरले २-२ विकेट लिए भने जुनैद सिद्दिकी र साद बिन जाफरले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : १६ बजे

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा