२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

टी-२० विश्वकप : नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै



काठमाडौँ । नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।

अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।

समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समुहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : ३७ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै