५ पुस २०८२, शनिबार | December 20, 2025

आइसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित



काठमाडौं । आइसीसी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार राति समूह ‘ए’को खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै समूह चरणको तेस्रो खेलमा पाकिस्तानले पहिलो जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र तेस्रो क्रममा आएका कप्तान बाबर अजमले महत्त्वपूर्ण साझेदारी गरे ।

उनीहरुले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । ६२ बलमा ६३ रनको साझेदारी हुँदा कप्तान बाबरले ३३ बलमा ३३ रन बनाएर विकेट किपरबाट क्याच आउट भए । बाबरले ३३ रनका लागि १ चौका र १ छक्का प्रहार गरेका थिए ।

रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । नटआउट रहेका उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

क्यानडाका लागि डिलोन हेलिगरले दुई विकेट लिँदा जेरेमी गोर्डनले एक विकेट हात पारे । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

उसका लागि एरोन जोनसनको अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले चार चौका र चार छक्कासहित ५२ रन बनाएका थिए । त्यस्तै कलिम सानाले १४ बलमा १३ रन बनाए। कप्तान साद बिन जाफर १० रनमा आउट भए ।

पाकिस्तानका ह्यारिस राउफ र मोहम्मद आमिरले दुई दुई विकेट लिए । जारी विश्वकपमा क्यानडाले तीन खेलमा एक खेल जितेको छ । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्याण्डलाई पराजित गरेको हो ।

पाकिस्तानले अमेरिकासँग सुपर ओभरमा हार पराजय भोग्नु परेको थियो भने भारतसँग ६ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता