२६ बैशाख २०८३, शनिबार | May 9, 2026

विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते



धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन् । वेदकोट नगरपालिका-२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका-२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विस्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ । भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी धामी विस्फोट हुँदा घाइते भएका हुन् ।

घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका छन । प्रहरीले पोटास र गन्धक पट्किएको अनुमान गरेको छ । तर, प्रयोगशाला परीक्षणको प्रतिवेदन आएको छैन । शिक्षक भण्डारीले घरमा आँप र लिचीको खेती गरेको ठाउँमा जनावर चराचुरुङ्गी धपाउन विस्फोटक पदार्थ प्रयोग गर्दै आएको खुलेको छ । धामीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : ५० बजे

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय