२० असार २०८३, शनिबार | July 4, 2026

जारी टी-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया



काठमाडौ । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो ।

नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए ।

नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् ।

योजितपछि समुह बी मा अस्ट्रेलियाले ३ खेलमा तिनै जित हासिल गरेर ६ अंकसहित शिर्ष स्थानमा छ र अब सुपर ८ मा छनौट भइसकेको छ ।

त्यस्तै नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौड बाट बाहिरिएको छ । यस समूहबार यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो । समुह बी मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने ईङल्याण्ड २ खेलमा एक अंक सहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ४१ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि