८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

चीनले दियो मोदीलाई बधाई



काठमाडौं । चीनले भारतको लोकसभाको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ ।

चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार भारतमा लोकसभा चुनावको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् ।

चिनियाँ प्रधानमन्त्रीले बधाई दिदै भनेका छन्- ‘चीन(भारत सम्बन्धको बलियो र स्थिर विकास देशहरूको हितका लागि मात्र होइन, यसले सम्पूर्ण क्षेत्र र विश्वमा स्थायित्व ल्याउन पनि काम गर्दछ,’ ली छ्याङले थप भनेका छन्, ‘दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भारतसँग काम गर्न चीन तयार छ । यो दुवै देशका नागरिकका लागि पनि सही निर्णय हुनेछ ।’

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि बधाई दिएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १२ : २९ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ