२९ भदौ २०८३, सोमबार | September 14, 2026

गर्मीका कारण हेटौँडाका शैक्षिक संस्थाहरू बन्द, बिजुलीको पनि समस्या



हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो समय गर्मी र बिजुलीको समस्याले जनजीवनलाई कष्टकर बनाएको छ । अत्यधिक गर्मीका कारण बिहिबारदेखी शैक्षिक संस्थाहरू बन्द गर्नुपरेको छ भने बिद्युत प्राधिकरणबाट पटक-पटक बिजुली कटौती गर्ने गरिएकोले जनजीवन झन् त्रसित बनेको छ ।

गर्मीको मार झेल्न नसक्ने अवस्थामा पुगेपछि हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुईदिन बिदा दियो । विगतका केही वर्षयता नै गर्मीको समस्याले शिक्षा क्षेत्रलाई प्रभाव पारिरहेको भए पनि यस वर्ष गर्मीको मात्रा अत्याधिक बढेको छ ।

अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा असहज मात्र होइन धेरै विद्यार्थीहरू बिरामी समेत परेका छन् । गर्मीले विद्यालयमा पठनपाठनको वातावरण नै अनुपयुक्त बनाएको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट विद्यालय बन्द गर्न अनुरोध आएपछि उपमहानगरले वर्षे बिदाबाट केही दिन कट्टी गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गर्मीकै समस्याले जनजीवन कष्टकर बनिरहेको समयमा बिद्युत प्राधिकरणले छिन-छिनमा बिजुली कटौती गरेर झन् समस्या थपेको छ । पछिल्लो दुई साताको अवधिमा हेटौँडा र आसपासका क्षेत्रमा बिधुत प्रसारण अनियन्त्रीत जस्तै बनेको छ ।

दिनमा ३५ पटकभन्दा बढी बिजुली जाने आउने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन् । “झ्याप आउने झप जाने” बिजुली कटौतीले इलेक्ट्रोनिक सामग्रीहरू बिग्रने समस्या पनि उत्पन्न भएको छ ।

हेटौँडावासीले गर्मी र बिजुलीले जनजीवनलाई कष्टकर बनाएको गुनासो गरिरहेका छन् । विद्यार्थीहरूको पढाइमा समस्या आएको छ भने गर्मीका कारण विभिन्न शारीरिक समस्याहरू पनि देखिन थालेका छन् । घरभित्र नै गर्मी सहनलायक बनेको छैन भने बिजुलीको अभावमा झन् समस्या बढेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : २४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ