११ चैत्र २०८२, बुधबार | March 25, 2026

मोदीको विदेश भ्रमण मोह!



काठमाडौं । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केहि दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ ।

मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैं छिमेकी मुलुक रोजेका थिए । २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलो भ्रमणमा माल्दिभ्स गएका थिए । यसपटक उनले पश्चिमी देश इटाली रोजे । इटालीपछि मोदी नेपाल भ्रमणमा आउने चर्चा रहेको छ ।

मोदीले आफ्नो १० बर्षे कार्यकालमा सन् २०१५ मा पाकिस्तान भ्रमण होस् वा २०१९ मा सी जिनपिङलाई भारत निम्तो होस्, मोदीले हरेक कार्यकालमा आफ्नो विदेश नीतिले ‘सरप्राइज’ दिने गरेका छन् ।

पूर्वराजदूत अशोक सज्जनहरका अनुसार २०१४ मा नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा विदेश नीति नै उनको शक्तिको कमजोर कडी हुने विश्वास गरिएको थियो । तर, त्यस्तो भएन । नेबरहुड फर्स्ट नीति र रुस-युक्रेन युद्धमा सरकारको बलियो अडानले मोदीलाई विदेश मामिलामा धेरै हदसम्म राम्रो नेता बनायो ।

सन् २०१४ मा सपथ लिएपछि उनी नेपाल भ्रमणमा निस्किएका थिए । छिमेकी मुलुक भए पनि १७ वर्षदेखि भारतका कुनै पनि प्रधानमन्त्रीले यहाँ भ्रमण गरेका थिएनन् । मोदीले खाडी मुलुकसँगको सम्बन्धलाई पनि मजबुत बनाएका छन् । उनी ३० वर्षपछि युएई जाने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीले आफ्नो पहिलो कार्यकालमा ५ पटक चीनको भ्रमण गरे । उनी सबैभन्दा धेरै पटक चीन भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन् । यसका बावजुद चीनले २०२० मा गलवानमा दुई देशका सेनाको लडाईले सम्बन्ध धेरै हदसम्म बिगार्यो ।

मोदीले आफ्नो १० बर्षे कार्यकालमा कुल १३५ पटक विदेश भ्रमणमा गएका छन् ।  जसमा ६६ देश पुगेका छन् ।  जबकी मनमोहन सिंहले आफ्नो १० बर्षे कार्यकालमा ९४ पटक मात्र विदेश भ्रमण गएका थिए भने ४३ देश पुगेका थिए ।

मोदीले १० बर्षमा ८ पटक अमेरिका भ्रमण गरेका छन् भने ५ पटक रुस पुगेका छन् । त्यस्तै मोदी आफ्नो पहिलो कार्यकालमा ५ पटक चीन पुगेपनि दोस्रो कार्यकालमा चीन भ्रमण नै गरेनन । मोदीको १० बर्षे कार्यकालमा चिनियाँ राष्ट्रपति सी जीङपीङ २०१४, २०१६ र २०१९ मा गरी तीन पटक भारत पुगेका थिए ।

त्यस्तै मोदी १० बर्षमा पाँच पटक नेपाल आएका छन् ।  उनी २०१४, २०१६, २०१८ मा दुई पटक र २०२२ मा नेपाल आएका थिए ।

त्यस्तै बंगलादेश २ पटक, म्यान्मार २ पटक र भुटान २ पटक पुगेका छन् ।  मोदीले आफ्नो दुई कार्यकालमा श्रीलंका तीन पटक र माल्दिभ्स २ पटक पुगेका छन् ।  त्यसैगरी अफगानिस्तान २ पटक र पाकिस्तान एक पटक पुगेका छन् ।

मोदी तेस्रो कार्यकालको पहिलो भ्रमण इटाली रोज्नुको सबैभन्दा ठूलो कारण जी ७ शिखर सम्मेलन हो ।  मोदीको तेस्रो कार्यकालमा भारतको चीन, क्यानडालगायतका देशहरुसँगको तनाव मोदीका लागि चुनौती पूर्ण रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ०४ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग