२० असार २०८३, शनिबार | July 4, 2026

ब्याटिङ भुत्ते भएपछि नेपाल बंगलादेशसँग २१ रनले पराजित



काठमाडौं । ब्याट्म्यानहरुले दयनीय ब्याटिङ गरेपछि नेपाल बंगलादेशसँग २१ रनले पराजित हुनपुगेको छ ।

आइसिसी टी-२० विश्वकपमा आज भएको समुह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो ।

सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाए ।

पराजित भएसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा नेपालका लागि कुशल मल्लले एक चौका र एक छक्काको मद्दतमा ४० बलमा सर्वाधिक २७ रन जोडे।

दीपेन्द्र सिंह ऐरीले २५ रन बनाउँदा ओपनर आसिफ शेखले १४ बलमा १७ रन जोडे।

नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई-दुई विकेट हात पारे।

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ।

यसअघि शनिबार भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंका विरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ५८ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि