६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँके प्रहरीको जेठ महिनाभरीको कार्य सम्पादन सार्वजनिक



नेपालगन्ज । बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालय त्यस मातहतका कार्यालयहरुबाट जेठ महिनाभरी गरिएका कार्य सम्पादनको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रेस नोट जारी गर्दै जेठ महिनामा भएका कार्य सम्पादनको विवरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार बाँके प्रहरीले अपराध नियन्त्रण र कारवाही तर्फ १ करोढ १७ लाख ३१ हजार ८९० बराबरको अबैधभन्सार छलिको सामान, १ माईक्रो बस, १ बोलेरो गाडि ७ वटा मोटरसाईकल नियन्त्रणमा लिई सम्बन्धित निकाय पठाईएको, नदिजन्य पदार्थको अबैध दोहनलाई नियन्त्रण गर्ने प्रयास स्वरुप जेठ महिनामा ५ वटा जेसीभी, ६ वटा टिप्पर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाएर १ लाख ४५ हजार जरिवाना असुलउपर भएको, ट्राफिक कारवाही तर्फ १७१३ वटा सावरी साधनलाई कारवाही गरी १४ लाख ६१ हजार ५०० राजस्व संकलन भएको तथा सवारी धनि नखुलेका वषौंदेखि प्रहरी परिषरमा रहेका १२१ वटा मोटरसाईकल र स्कुटर लिलाम गरि ६ लाख १२ हजार राजस्व संकलन गरिएको जनाएको छ ।

प्रहरीले भन्सार छली प्रकरणमा सवारी साधन र सामान बरामद गरेपनि छलीमा संलग्नहरु र त्यसको जरा सम्म भने पुग्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख गरेको छैन । करोडौंको भन्सार छलीको सामान बरामद हुँदा पनि छलीमा संलग्नहरुको पहिचान र अनुसनधानमा प्रहरीको चासो नहुनुलाई रहश्यकारुपमा हेरिएको छ ।

बाँके प्रहरीले अपराध अनुसन्धान र कारवाही तर्फ जेठ महिनामा १७२ वटा मुद्दा दर्ता भएकोमा १२७ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको, ६३ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको, ठाडो उजुरी ४९९ वटा प्राप्त भएको ३५१ फर्छौट भएको र १५ वटा सम्बन्धित निकायमा पठाईएको तथा १३३ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको, चोरी भएका ७ थान मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको, मोटरसाईकल चोरी गर्ने ४ जना मानिसहरुबाट ९ थान मोटरसाईकल सहित पक्राउ गरी कानूनी दायरामा ल्याईएको प्रेस नोटमा उल्लेख गरेको छ ।

महिला बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान र कारवाही तर्फ ११ वटा मुद्दा दर्ता भएकोमा ३ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको, घरेलु हिंशा सम्बन्धि ६१ वटा उजुरी प्राप्त भएकोमा ३१ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ९ वटा निबेदन प्राप्त भएकोमा ३ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको प्रह।ीले जनाएको छ ।

त्यष्सैगरि बाँके प्रहरीले आचरण बिपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीहरुलाई बिभागीय कारवाही गरीएको र २ प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाईएको समेत जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : ३० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको