२८ भदौ २०८३, आइतबार | September 13, 2026

झण्डै ८ घण्टापछि निभ्यो बुटवलको डेल्टा कम्प्लेक्समा लागेको आगो, ५० करोड भन्दा बढीको क्षति (भिडियोसहित)



बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा लागेको आगो भवनका सबै सामान जलेर नष्ट भएपछी निभेको छ । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर बल्ल निभेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनी कम्प्लेक्स भने पुर्ण रुपमा ध्वस्त भएको छ ।

मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो ।

झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको मार्ट संचालनमा थिए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार कम्प्लेक्समा संचालित सम्पुर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन् ।

आगलागीपछि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरि १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए । कम्प्लेक्समा मार्टका गोदाम समेत रहेकोले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।

फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । चारैतर्फ प्यानलबोर्ड र सिसा जडान गरि निर्माण गरिएको कारण कम्प्लेक्सको चौथो तल्लाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो ।

कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तिनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए । बुटवलका ठुला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ वर्ष पहिले संचालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुईवर्षदेखी नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि संचालन गरिएको थियो ।

कम्प्लेक्समा संचालित विभिन्न पसल तथा फर्महरुमा २ सय बढीले रोजगारी पाएका थिए । आगलागी कहाँबाट शुरु भयो र कति क्षति भयो भन्ने पुर्ण विवरण नआईसकेपनी ५० करोड बढिको क्षति भएको डेल्टा कमप्लेक्सका संचालक घनश्याम पाठकले जानकारी दिए ।

भिडियो

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ४१ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू