९ पुस २०८२, बुधबार | December 24, 2025

दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलको मोदीसँग भेटवार्ता



काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको छ । यसै क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीलाई पनि भेटेका थिए ।

विहिबार भएको मोदी र अमेरिकी प्रतिनिधिमण्डलबीचको यो भेटलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बुधबार अमेरिकी प्रतिनिधिमण्डलले धर्मशालामा धर्मगुरु लगाइ लामासँग भेट गरेको थियो । यस प्रतिनिधिमण्डलमा न्यान्सी पेलोसी बाहेक सांसद माइकल म्याकलसहित ५ जना सांसद छन् । यी सांसदहरू रिपब्लिकन र डेमोक्रेटिक पार्टीका हुन् । यो प्रतिनिधिमण्डलको नेतृत्व रिपब्लिकन सांसद माइकल म्याककलले गरिरहेका छन् ।

बुधबार अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामाको ‘उत्तराधिकार’ मामिलामा अमेरिकाले चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो ।

विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको समर्थनमा आवाज उठाएको यो पहिलो पटक हो । यद्यपी न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आएकी थिइन् । तर, न्यान्सी पेलोसीले त्यतिबेला कुनै प्रतिनिधिमण्डलसँग भारत भ्रमण गरेकी थिइनन् ।

भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र यसबारे टिप्पणी गर्नबाट बच्दै आएपनि यो घटनालाई निकै अर्थपूर्ण रुपमा विश्लेषण गरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमण औपचारिक हो वा होइन भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : १० बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका