८ पुस २०८२, मंगलबार | December 24, 2025

चीनमा भारी वर्षाका कारण आएको बाढी परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो



चीन । चीनमा मुसलधारे वर्षा र बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ ।

केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सिसिटिभीले बताएको छ । अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको सङ्ख्या बढेर ३८ पुगेको छ ।

“प्रकोपको गम्भीरताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र समय लाग्नेछ”, सिसिटिभीले भनेको छ । मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

चीनको अधिकांश भागमा यो साता ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले ठूलो वर्षा र लु जस्ता चरम मौसमलाई थप बारम्बार र तीव्र बनाउँछ । हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : १४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना