२९ मंसिर २०८२, सोमबार | December 15, 2025

हिलाम्मे सडक कालोपत्रे मागगर्दै बालाजु–बाईपासका बासिन्दा उत्रिए सडकमै



काठमाडौं ।हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय बासिन्दा सडकमै उत्रिएका छन् ।

बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन् ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको थियो ।

सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।

स्थानीय पुष्प महर्जनले हिलाम्य सडकमा विगत ७ वर्षदेखि यात्रा गर्नुपरेको उल्लेख गर्दै सरकारलाई चाँडो बाटो कालोपत्रे गर्न माग गर्दै प्रदर्शन गरिएको बताए ।

अर्का स्थानीय विरेन्द्र बहादुर वन्तले सुरुमा सडक विस्तारका लागि एकजुट भएका स्थानीयहरु अहिले कालोपत्रेका लागि एकजुट भएर सरकारलाई माग गरिरहेको बताए । केही घर टहराहरुका कारण समस्या देखिएको उनले बताए ।

एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । तर ति टहरामा बसिरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय विश्वराम सापकोटाले निर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिले देखिको समस्या भएपनि आज जनप्रतिनिधि निर्वाचित भएर आएपनि समस्या उस्तै रहेको जिकिर गरे ।

बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वषौदेखि सास्ती व्यहोर्दै आएका छन् ।

आफुहरुको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएकाले आफुहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ । सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ ।

बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ ।

ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानियले पटक पटक माग गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : ४६ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ