१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

लामो कानुनी लडाईंपछि विकिलिक्सका संस्थापक जुलियन असान्ज रिहा



काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाईंपछि  बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा भएका हुन् ।

५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।

जुलियन असान्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । बिबिसीका अनुसार अब असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ, ‘जुलियन असान्ज स्वतन्त्र भएका छन् ।’

१९०१ दिनको कारावास पछि, उनी बेलायतको बेलमार्श जेलबाट बाहिर निस्कएका थिए । उनले लन्डन उच्च अदालतबाट जमानत पाए र बेलायत छोडेको स्टान्स्टेड एयरपोर्टमा रिहा भएका थिए ।

विकिलिक्सका अनुसार जुलियन असान्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।

जुलियन असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरुले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ३७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू