९ पुस २०८२, बुधबार | December 24, 2025

पोखरामा सडक भासिँदा आवागमनमा समस्या



गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो ।

अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ११ : ५३ बजे

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी