५ चैत्र २०८२, बिहिबार | March 19, 2026

स्वास्थ्यमन्त्री पुनद्वारा बुटवल हस्पिटलको निरिक्षण



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन (मगर)ले बुटवल हस्पिटलको निरीक्षण गरेका छन । विगत लामो समय देखी सञ्चालनमा रहेको अस्पताल केहि महिना देखी सुविधा सम्पन्न आफनै भवन बनाई सरेको छ ।

हस्पिटलका अध्यक्ष चुन्नु प्रसाद पौडेलले स्वास्थ्यमन्त्री पुनलाई अस्पतालमा स्वागत गर्दे अस्पतालको बारे जानकारी गराएका थिए । उनले लुम्बिनी प्रदेशवाट कुनै पनि विरामी रिफर हुन नपर्ने गरि उपचारको व्यवस्था मिलाएको बताए ।

हस्पिटलका निर्देशक डा कृष्ण खनालले अस्पताल अहिले सम्म ५० बेडमा चलेको र अब स्तर उन्नती गरि १ सय बेडमा सञ्चालन गर्न प्रकृया बढाइने र स्वीकृतिको लागी मन्त्री पुन लाई आग्रह गरे ।

मन्त्री पुनले हस्पिटल निरिक्षण पछि निजीक्षेत्रबाट सञ्चालनमा आएको बुटबल अस्पताल प्रालि भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न भएको र सेवालाई पनि विशिष्टीकृत बनाउन निर्देशन दिए । उनले सरकार र निजीक्षेत्र सहकार्य गरेर अघि बढने बताए ।

मन्त्री पुनले बेड थपको लागी प्रकृया पुरा गरे स्वीकृत दिने बताए । करिब २ सय ५० जना कर्मचारी २५ जना भन्दा वढि कन्सलटेण्ट डाक्टरहरुबाट सेवा दिदै आएको बुटवल हस्पिटलले नया उपकरण र प्रविधि भित्र्याएको छ ।

मन्त्रीको हस्पिटलमा हस्पिटल अध्यक्ष निर्देशक चिकित्सक तथा अन्य कर्मचारीको सहभागी रहेको अस्पतालले बताएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : १७ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन