९ पुस २०८२, बुधबार | December 25, 2025

स्वास्थ्यमन्त्री पुनद्वारा बुटवल हस्पिटलको निरिक्षण



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन (मगर)ले बुटवल हस्पिटलको निरीक्षण गरेका छन । विगत लामो समय देखी सञ्चालनमा रहेको अस्पताल केहि महिना देखी सुविधा सम्पन्न आफनै भवन बनाई सरेको छ ।

हस्पिटलका अध्यक्ष चुन्नु प्रसाद पौडेलले स्वास्थ्यमन्त्री पुनलाई अस्पतालमा स्वागत गर्दे अस्पतालको बारे जानकारी गराएका थिए । उनले लुम्बिनी प्रदेशवाट कुनै पनि विरामी रिफर हुन नपर्ने गरि उपचारको व्यवस्था मिलाएको बताए ।

हस्पिटलका निर्देशक डा कृष्ण खनालले अस्पताल अहिले सम्म ५० बेडमा चलेको र अब स्तर उन्नती गरि १ सय बेडमा सञ्चालन गर्न प्रकृया बढाइने र स्वीकृतिको लागी मन्त्री पुन लाई आग्रह गरे ।

मन्त्री पुनले हस्पिटल निरिक्षण पछि निजीक्षेत्रबाट सञ्चालनमा आएको बुटबल अस्पताल प्रालि भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न भएको र सेवालाई पनि विशिष्टीकृत बनाउन निर्देशन दिए । उनले सरकार र निजीक्षेत्र सहकार्य गरेर अघि बढने बताए ।

मन्त्री पुनले बेड थपको लागी प्रकृया पुरा गरे स्वीकृत दिने बताए । करिब २ सय ५० जना कर्मचारी २५ जना भन्दा वढि कन्सलटेण्ट डाक्टरहरुबाट सेवा दिदै आएको बुटवल हस्पिटलले नया उपकरण र प्रविधि भित्र्याएको छ ।

मन्त्रीको हस्पिटलमा हस्पिटल अध्यक्ष निर्देशक चिकित्सक तथा अन्य कर्मचारीको सहभागी रहेको अस्पतालले बताएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : १७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना