२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बुटवल हस्पिटल प्रा.लि. र निवृत राष्ट्र सेवक समाज नेपाल बुटवलका बीच उपचार सम्झौता



बुटवल । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका बीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा. लिले उपचारका लागि निवृत राष्ट्र सेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको हो ।

उपचार सझौतासंगै दुई संस्थाका विचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लिका उपाध्यक्ष ललित खरेलले बताए । उनले बुटवल हस्पिटल प्रा. लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले सबै खालको उपचार, उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे ।

सो अवसरमा बुटवल हस्पिटल प्रा. लिका मेडिकल सुपरिटेण्डेन डा कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पुर्व कर्मचारीहरुसंग सहकार्य गर्नु पाउनु स्वागत योग्य कुरा रहेको बताए ।

निवृत राष्ट्र सेवक समाज बुटवलका अध्यक्ष भाज बहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समस्या आउदा बुटवल हस्पिटल प्रा लिलाई नै सम्झने वातावरण बनेको बताए । दुई संस्था विचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा. लिका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, ईमरजेन्सी तथा अप्रेशन ईन्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सीना लगायतले धारणा राखेका थिए ।

आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा. लि. अहिले १ सय शैया संचालनमा छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ ।

बुटवल हस्पिटल प्रा. लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ५६ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा