५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाग्लुङको बरेङमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, छ सय भन्दा बढि नागरिकले लिए बिशेषज्ञ स्वास्थ्य सेवा



बुटवल । सरकारबाट एक सय बेड संचालन अनुमती पाएको बुटवल हस्पिटल प्रा लि ले बाग्लुङको बरेङमा पुगेर बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अस्पतालका बिशेषज्ञ चिकित्सकहरुको सहभागितामा भएको शिविरमा ६ सय भन्दा वढि बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर नयाँ बजार स्वास्थ चौकीमा भएको निःशुल्क स्वास्थ शिविरबाट सेवाग्राहीहरुले बिशेषज्ञ चिकित्सकहरुसंगै ल्याव तथा औषधी समेत पाएका छन् ।

शिविरको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर, धनमुडा चौर समाज बुटवलको आयोजना तथा बुटवल हस्पिटल बुटवलको प्राविधिक सहयोग रहेको थियो । शिविर उद्घाटन गर्दै बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गांउ घरामा रोग लुकाएर बसेका बिरामीहरुले यस्ता शिविरबाट रोग पहिचान भई औषधी उपचार पाउनुका साथै ज्यानै बचाउने काम हुने बताए । उनले सकरात्मक सोंचका साथ गरिने शिविरबाट धेरै फाईदा लिन सकिने बताए ।

सो अवसरमा धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापाले आफुहरु बसाई सराई गरि तराईमा बसे पनि आफ्नो जन्मस्थानमा निःशुल्क शिविर मात्र नभएर अन्य समाज सेवाका कार्यक्रम राख्न हरेक समय तयार रहेको बताए । शिविरमा दम,आँखाका बिरामीहरु बढि भेटिएको थियो ।

उनीहरुलाई औषधी तथा चश्मा निःशुल्क वितरण गरिएको थियो । बिरामिहरुले आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरबाट सेवा लिन पाएकामा खुसी व्यक्त गरेका थिए । निःशुल्क शिविरमा बुटवल हस्पिटल प्रा लिका वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. पुष्पराज ढकाल, हार्डजोर्नी तथा नशा रोग बिशेषज्ञद्धय डा. उत्सव रेग्मी, डा. संजिव आचार्य, बरिष्ठ जनरल फिजिसियन डा. सागर पौडेल,बालरोग बिशेषज्ञ डा; प्रदिप शर्मा,डा. सुनिल सुनार, डा. दिपक ढकाल, डा उमेश वेलवासे, डा. प्रविना कुँवर, डा. अमृत बस्याल, डा. हरिराम पन्थी र डा. प्रतिक सापकोटा लगायल ल्याव टेक्निसियन समूह तथा औषधी वितरक समूह र बाटाकाचौर स्वास्थ चौकीका सम्पूर्ण स्वास्थकर्मीहरुको विशेष भूमिका रहेको थियो । शिविरको बुटवल हस्पिटल प्रा लिका तर्फबाट मेडिकल कोडिनेटर राजु पौडेल र मार्केटिङ म्यानेजर सुमन तिमिल्सीनाले संयोजन गरेका थिए ।

शिविर वडा नं. ३ मा आयोजना भएपनि बरेङ गाउंपालिका भरिकै बिरामीहरुले सेवा लिएका थिए । सो अवसरमा वडा अध्यक्ष शेर बहादुर खनालले आफुले वडाको तर्फबाट गर्न लागेको शिविरलाई बृहद बनाउन बुटवल हस्पिटल प्रा लि का अध्यक्ष चुन्न प्रसाद पौडेल र धनमुडा चौर समाजका अध्यक्ष देव थापाको टिमले ठुलो भुमिका खेलेको बताए ।

शिविर संचालनमा सहयोग गर्ने धनमुडा चौर समाज बुटवल, बुटवल हस्पिटल प्रा लि, हाम्रो स्वास्थ क्लिनिक, मल्टिस्टार, आले डेण्टल लगायतका संस्थाका प्रतिनिधिहरुलाई वडा कार्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ३५ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ