१ बैशाख २०८३, मंगलबार | April 15, 2026

प्रत्येक घण्टामा १४ जना कोरोना संक्रमित थपिँदै



काठमाण्डौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा ३ हजार ४२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रत्येक एक घण्टामा ३ सय ५८ जनाको कोरोना परीक्षण हुने गरेको छ । पछिल्लो एक सातामा ६० हजार २ सय २६ जनाको आरटी-पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबार मात्रै १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो केही दिनयता कोरोना परीक्षण दर बढेको छ । गत बिहीबार ६ हजार ६ सय २२, शुक्रबार ७ हजार ९ सय २६, शनिबार ७ हजार ७ सय ८८ जनाको आरटी-पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, गत आइतबार ८ हजार ५ सय १५, सोमबार ८ हजार ४ सय ३२, मंगलबार १० हजार ४ सय ६२ जनाको कोरोना परीक्षण गरिएको थियो । यस्तै, बुधबार काठमाडौं उपत्यकामा मात्रै थप १ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ४ सय ५४ पुगेको छ । काठमाडौंमा १ हजार १ सय ६९, ललितपुरमा १ सय ८० र भक्तपुरमा १ सय ५ संक्रमित पुष्टि भएका छन् ।

यस्तै, बुधबार देशभर ४ सय ८४ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । यस्तै, ६४ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ६ : ५९ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा