१८ भदौ २०८३, बिहिबार | September 3, 2026

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबै सुरक्षा निकायमा बिदा बन्द



काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् । यसैगरी, सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् ।

बिदाबाट फर्केकाहरूलाई समेत सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ भने बिदाबाट फर्केका सुरक्षाकर्मीलाई धमाधम परीक्षणसमेत गराइएको छ । संक्रमणबाट बच्न प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरूले दिने गरेको डे, नाइट तथा घन्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यकबाहेकका अवस्थामा ब्यारेक छाडेर बाहिर ननिस्कन र बिदा नबस्न भनेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरीतर्फ बुधबारसम्म २ सय ८५ जनामा संक्रमण पुिष्ट भइसकेको छ ।

संक्रमण देखिएका प्रहरीहरूको काठमाडौंमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, कोभिड अस्पताल भक्तपुर र कीर्तिपुरमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, उपत्यका बाहिर रहेका कोभिड अस्पतालहरूमा समेत संक्रमित प्रहरीको उपचार भइरहेको छ ।

नेपाल प्रहरीतर्फ उपचारपछि १ सय ६५ जना निको भएर नियमित काममा फर्किएको प्रवक्ता कडायतले जानकारी दिए । अन्य १ सय २० जना संक्रमित भने उपचाररत छन् । यसैगरी, सशस्त्र प्रहरीतर्फ बुधबार साँझसम्म १ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ६७ जनाको हाल विभिन्न कोभिड अस्पतालमा उपचार जारी छ । अन्य ११९ जना भने उपचारपछि निको भएर नियमित काममा फर्किएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए ।

सशस्त्र प्रहरीतर्फका कोरोना संक्रमितको काठमाडौंको बलम्बुस्थित आफ्नै अस्पतालमा उपचार भइरहेको छ भने उपत्यका बाहिर बिपी कोइराला अध्ययन प्रष्ठिान धरान, मेची अस्पताल, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँसहितका कोभिड अस्पतालमा उपचार जारी छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ७ : २६ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा