९ श्रावण २०८३, शनिबार | July 25, 2026

केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा सम्बन्धित प्रदेशले केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा पठाउन जिम्मेवारी प्रदान गरेको नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यको अन्तिम टुङ्गो केन्द्रीय कमिटीले लगाउने छ । बैठकमा बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने विषय र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो ।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।

शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ४० बजे

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

पोखरा । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन