२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेदरल्याण्डसलाई पराजित गर्दै इङल्याण्ड युरोकपको फाइनलमा



काठमाडौं । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन् । यस अघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यस अघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ । फाइनल खेल आइतबार राति हुने छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : १७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले