२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पूर्वी नवलपरासीमा भदौ ६ सम्म आंशिक लकडाउन, कावासोती नगरक्षेत्रमा अत्यावश्यकबाहेका गतिविधिमा रोक



कावासोती । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नवलपरासी पूर्वको सदरमुकाम कावासोती भदौ ६ गतेसम्म लकडाउन गरिएको छ ।

कावासोती नगरपालिकाले बिहीबार विज्ञप्ति जारी गर्दै आजै दिउँसोदेखि भदौ ६ गतेसम्म नगरक्षेत्रमा अत्यावश्यक बाहेका सबै गतिविधिमा रोक लगाएको छ ।

नगरपालिकाले स्वास्थ्य सेवा बाहेकका सबै सरकारी, गैरसरकारी निजी सेवा बन्द गर्न निर्देशन दिएको छ ।

सबै सरकारी, अर्धसरकारी, होटल रेस्टुरेन्ट र अत्याबश्यक बाहेकका अन्य सबै ब्यबसाय बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

मानिसहरुलाई अनाबश्यक हिँडडुल गर्न समेत बन्देज गरिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) समेत बिहीबारै विज्ञप्ति जारी गर्दै जिल्लामा भदौ ६ गतेसम्म अत्यावश्यक बाहेकका अन्य काम नगर्न आग्रह गरेको छ ।

प्रशासनले जिल्लाभरका सबै कार्यालयहरूमा जनशक्ति घटाउन, घरमै कर्मचारी राखेर विद्युतीयमाध्यमबाट सेवा दिन आग्रह गरेको छ ।

यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ भने सवारी पास वितरणमा समेत रोक लागेको छ ।

 

 

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  २ : ५७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ