१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । काम चलाऊ बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन् । दुई सय एघारौँ भानु जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै उनले भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्ने बताएका छन् ।

‘आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ४८ बजे

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

भोजपुर । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर