२ असार २०८३, मंगलबार | June 16, 2026

बैंककमा भानुजयन्ती



काठमाडौं । भानुजयन्तीका अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका सङ्घसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा राजदूत धनबहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले नेपाली मूलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततिलाई नेपाली भाषा साहित्यका बारेमा जानकारी दिन, भाषा सिकाइ तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानुजयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी सङ्घसंस्थासँगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्नु उपयुक्त हुने र सो कामका लागि राजदूतावासबाट सधैँ सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली सङ्घका अध्यक्ष लक्ष्मण केसी, भाषा साहित्य संस्थाका प्रतिनिधि तथा बालसाहित्यकार र कलाकारको सहभागिता रहेको उक्त कार्यक्रममा राजदूतावासका नियोग उपप्रमुख प्रकाश अधिकारीले समापन मन्तव्य राखेका थिए । कार्यक्रममा २५ जना साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल साहित्यकारलाई नेपाली भाषसम्बन्धी पुस्तक वितरण गरिएको थियो ।

विश्वयुद्धपछि थाइल्याण्डको पिलोकमा बसोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्माबाट विभिन्न समयमा बसाइँसरी थाइल्याण्ड गएका विभिन्न कालखण्डमा नेपाल, भारत, भूटानलगायत मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मूलका थाई नागरिकहरू, हाल थाइल्याण्डमा कामगरी बसेका नेपाली मूलका म्यान्माका नागरिकको उल्लेख्य सङ्ख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास छ ।

लामो समयदेखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली छन् ।

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : ५५ बजे

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

लुकाकुको प्रभावमा बेल्जियमको पुनरागमन, इजिप्टसँग १-१ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो दिन रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र