१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै



प्युठान । प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध विच्छेदका परेका छन् । जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दायर भएका सात सय चार मुद्दामध्ये तीन सय ४२ मुद्दा सम्बन्ध विच्छेदका रहेका श्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए ।

एक सय ८० अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र चालु आवमा पाँच सय २४ मुद्दा दर्ता भएका थिए । श्रेष्तेदार गौतमकानुसार आव २०७९/८० मा फस्छ्र्यौट हुन बाँकीबाट ५१ र चालु आवमा दुई सय ९१ गरी तीन सय ४२ सम्बन्ध विच्छेदका मुद्दा परेकोमा दुई सय ६५ फस्छ्र्यौट भएका छन् । सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाबाट परेका अदालतले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

वार्षिक प्रगति समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० मा फस्छ्र्यौट हुन बाँकी एक सय ८० मुद्दा जिम्मेवारी सरी आएकोमा एक सय ६० चालु आवका पाँच सय २४ वटा मुद्दामध्ये तीन सय ४० फछ्र्यौट भएका छन् ।

न्यायाधीश पुनाराम खनालले ६५ प्रतिशतको लक्ष्य राखेकामा ७१ प्रतिशत मुद्दा फस्छ्र्यौट गर्न सफल भइएको र फस्छ्र्यौट हुन बाँकी मुद्दा १८ महिनाभन्दा बढी समयका रहेका बताए । उनले स्थानीय सरकार आएपछि भएका सिफारिसमा कानुनी व्यवधान सिर्जना भएकाले यसलाई सच्याउन ध्यान दिनुपर्नेमा जोड दिए । “प्रमाणीकरण, सिफारिस तथा अभिलेखका प्रमाणमा वडा कार्यालय, स्थानीय न्यायिक समितिका पत्र तथा अन्य कागजातले केही प्रकृतिका पीडितलाई न्याय दिलाउन सहयोग पुग्छ तर आफ्नो क्षेत्राधिकारका आधारमा भाषा, कागजात अदालतमा कमै मात्र आएको हुँदा जटिलता देखिएको छ”, न्यायाधीश खनालले भने । उनले समुदायस्तरमा कानुनी सचेतना आवश्यक रहेको र त्यसमा सबै सरोकार भएका निकायले भूमिका खेल्नुपर्ने बताए ।

कार्यालयले यसवर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट दुईजना कर्मचारीलाई पुरस्कृत गरेको छ । नायब सुब्बा श्यामलाल चौधरी र कम्प्युटर अपरेटर यशोदा बोहोरालाई जनही रु पाँच हजारसहित पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ३२ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को