१२ असार २०८३, शुक्रबार | June 26, 2026

स्पेनले जित्यो युरोकपको उपाधि



काठमाडौं । इङ्ल्याण्डलाई पराजित गर्दै युरोकप-२०२४ को उपाधि स्पेनले हात पारेको छ । सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि कब्जा गरेको हो ।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एकरएक गोल गरे । स्पेनका विलियम्सले खेलको ४६ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए ।

७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

योसँगै स्पेन चौथो पटक युरोकप विजेता बनेको छ भने इङ्ल्याण्ड लगातार दुई पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ । यसअघिको युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : १८ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३