१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो



काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको जानकारी दिए ।

उनले भने, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ८ : ०९ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी