११ असार २०८३, बिहिबार | June 25, 2026

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली



बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई रु २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

अघिल्लो आवभन्दा गत आवमा करिब रु चार करोड कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य रु २९ अर्ब ३२ करोड रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब रु ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।

कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा रु एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४१ करोड ४० लाख ९८ हजार सङ्कलन गरेको थियो । भदौ महिनामा रु दुई अर्ब २२ करोड १४ लाख ५८ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४५ करोड ११ लाख ८० हजार असुली भएको थियो ।

यस्तै, असोजमा रु दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा रु दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २४ करोड २१ लाख ५० हजार सङ्कलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

उक्त कार्यालयले मङ्सिरमा रु दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार सङ्कलन गरेको थियो । त्यस्तै, पुसमा रु दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार सङ्कलन भएको छ ।

त्यसैगरी, माघमा रु दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ३१ करोड ८१ लाख २२ हजार सङ्कलन भएको छ । कार्यालयले फागुनमा रु दुई अर्ब ५० करोड १७ लाख ६५ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार असुली गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको चैतमा रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाखमा रु दुई अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठमा रु दुई अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा रु दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।

नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात ९पैठारी० र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ । -रासस

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १२ : १७ बजे

रास्वपाले स्वीकार्यो महाधिवेशनको व्यवस्थापकीय कमजोरी, ६० प्रतिशत मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनअन्तर्गत भएको मतदानमा

दश हजार भायल एन्टि-रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १०

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा