१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा



काठमाडौं । नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण भएको उक्त पेट्रोल पम्पको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

पचास हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउनेछन् । सेनाले कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसन सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नाका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्यसहित ती फ्युल स्टेसन सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय जनप्रतिनिधि, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिको उपस्थिति थियो । यसैबीच, प्रधानसेनापति शर्माले आज काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवासगृहको समेत उद्घाटन गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा