२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बार्सिलोनासँग यमलको पारिश्रमिक बढाउन सुपर एजेण्टको माग



काठमाडौं । १७ वर्षीय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ । कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ ।

यसैबीच यमलका सुपर एजेन्ट जर्ज मेन्डेजले बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्तदेखि बढाउन माग गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार यमलको बार्सिलोनामा २०२६ सम्म सम्झौता रहेको छ र उनको हाल प्रति साता करिब ३५ हजार डलर मात्र पारिश्रमिक रहेको छ । बार्सिलोनाले यस अघि यमलको पारिश्रमिक २०२६ पछि मात्र बढाउने भनेपनि युरोकपको उनको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ ।

युरोकपको सफलतापछि यमल बार्सिलोनाका लागि खेलाडी र कमर्सियल रुपमा पनि सफल हुनसक्ने देखिए पछि बार्सिलोना उनको पारिश्रमिक बढाउन तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनामा हाल सर्बाधिक पारिश्रमिक रहेका खेलाडी नेदरल्याण्डसका  फ्रांकी डी जोंग हुन् । उनको प्रति साता पारिश्रमिक ७ लाख ८५ हजार डलर रहेको छ । त्यस्तै त्यसपछि रोबेर्ट लेवानडोस्कीको प्रति साता ५ लाख ६७ हजार डलर रहेको छ । उनीहरुको तुलनामा यमलको पारिश्रमिक १० प्रतिशत भन्दा पनि कम रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : ४९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले