२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित



काठमाडौं । माल्दिच्समा भईरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित ग¥योे ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अंकविहिन छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

अब शनिवारै हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाईनल प्रतिद्वन्दी तय हुनेछ । कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन् । यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाईनल खेल्नेछ ।

सेमिफाईनलका दुवै खेल आउने सोमबार हुनेछ । फाईनल खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : २७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले