१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालगन्जमा थपियो स्केट हाउस, आजबाट बागेश्वरी स्केट हाउस संचालनमा



नेपालगन्ज । नेपालगन्जमा थप एक स्केट हाउस सञ्चालनमा आएको छ । नेपालगन्जको बिपी चोकबाट पश्चिम कोरियनपुर सडकमा नयाँ स्केट हाउस संचालनमा आएको हो ।

स्थानीय जनक डांगीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ मा बागेश्वरी स्केट हाउस सञ्चालनमा ल्याएका हुन् । ५५ लाखको लागतमा आजबाट सञ्चालनमा आएको स्केट हाउस ६ हजार स्क्वायर फिटमा पूर्ण मापदण्ड अनुसार रहेको सञ्चालक डांगीले बताए ।

एक पटकमा ७० जनासम्म खेल्न मिल्ने गरि बनाइएको बागेश्वरी स्केटिङ नेपालगन्जमा सञ्चालनमा रहेका तीन वटा भन्दा ठूलो रहेको डाँगीले बताए ।

सञ्चालक डांगीले ८ देखि १८ वर्षका बालबालिका, किशोरकिशोरीलाई लक्षित गरेर स्केटिङ सञ्चालन गरेको बताए । उनले बालबालिकालाई मोबाइलको लतबाट छुटाउन स्केट खेलले भुमिका खेल्ने उनले अपेक्षा गरे ।

ट्राकसहित स्केटमा दुई जना प्रशिक्षक र ४ जना सहयोगी राखिएको छ । १० वर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएको स्केटको मासिक खर्च एक लाख अनुमान गरिएको छ । एक घण्टा खेलेको दुई सय रुपैया तोकिएको छ । एक हप्ताको लागि उदघाटन अफरकारुपमा एक घण्टाको सय रुपैया कायम गरिएको उनले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरमा ७ वटा स्केट हाउस दर्ता भएपनि हाल नेपालगन्जमा बागेश्वरी सहित २ वटा संचालनमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र