४ पुस २०८२, शुक्रबार | December 19, 2025

अब लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोरोना भाइरसको पिसिआर परीक्षण हुने



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० मिनेटमै कोरोना भाइरस कोभिड-१९ को पिसिआर परीक्षण गर्न सकिने भएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका बिरामीमा भर्ना पश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्तो सेवा शुरु गरिएको हो ।

नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु परिक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाव परिक्षण गरि सेवा शुभारम्भ गरे । सामान्य पिसिआर परिक्षणको समावधि ढिला हुदा उपचार समस्या भएको गुनासो आईरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने उनले बताए । सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक निम बहादुर सिहले यो विधि निक्कै प्रभावकारी र गुणस्तर भएको दाबी गरे ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्ड डा.राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुदा यो धेरै प्रभावकारी भएको बताए ।

अस्पतालका अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालमा धेरै सेवाहरु वृद्धि गरिएको बताए । भौतिक संरचनादेखि सेवा बिस्तारमा आफुले जोड दिएको उनले दाबी गरे । कोभिड १९ फोकलप्रसन डा. सुदर्शन थापाले कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको दुखेसो गरे ।

अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिईने बताए । अन्य मेशिनको तुलनामा यसले छिटो रिर्पोट दिने हुदा प्रभावकारी भएको उनले बताए । यो निशुल्क सेवा भएको उनले बताए । एक घण्टामा ४ जनाको परिक्षण गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ५९ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता