२२ भदौ २०८३, सोमबार | September 7, 2026

मन्त्री छान्न नसकेपछि लुम्बिनीका मुख्यमन्त्री नेता ‘गुहार्न’ काठमाडौंमा



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य र सत्ता साझेदार कांग्रेस संसदीयदलका नेता डिल्लीबहादुर चौधरी प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न काठमाडौं पुगेका छन् । आ-आफ्नो संसदीयदलबाट मन्त्रीहरुको नाम छान्न नसकेपछि मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीयदलका नेता चौधरी शीर्ष नेतासँग नाम माग्न काठमाडौं गएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको त्यसै दिन वा भोलिपल्ट सपथ ग्रहण कार्यक्रम राख्ने प्रचलन रहँदै आएपनि मन्त्री छान्नमा सकस भएपछि मुख्यमन्त्री आचार्यको आग्रहमा बुधबार बिहान मात्र सपथग्रहणको मिति र समय तोकिएको छ ।

मुख्यमन्त्री नियुक्तिमा एमाले भित्र रहेको विवाद सडकमा आएपछि आचार्य मन्त्रीहरुको नाम छनौट गर्न एमाले महासचिव शंकर पोखरेल समक्ष पुगेको एमालेका एक नेताले बताए । मुख्यमन्त्री नियुक्त गर्न पेश भएको दाबी पत्रमा संसदीय दलका नेता लिला गिरीले हस्ताक्षर पनि नगरेको र प्रदेश प्रमुख कार्यालयमा समेत गिरी निकटका सांसदहरु उपस्थित नभएपछि आचार्यलाई मन्त्री छान्न सकस भएको हो ।

सोमबार बिहान सम्म संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पत्र पठाउने तयारीमा रहेका एमाले प्रदेश कमिटीका नेताहरु, प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललाई महासचिव पोखरेलले ठाडो निर्देशन दिँदै चेतनाराण आचार्यको नाम पठाउन भनेपछि संसदीयदलका नेता गिरी सहितका नेताहरु प्रदेश प्रमुखको कार्यालय गएका थिएनन् । एक्लै मन्त्रीको नाम छान्न हिम्मत नआएपछि महासचिव गुहार्न आचार्य काठमाडौं गएको ती नेताले बताए ।

उता कांग्रेसमा मन्त्री बन्ने आकाँक्षि धेरै भएपछि कांग्रेस सभापति देउवासँग मन्त्रीहरुको नामको किनारा लगाउन कांग्रेस संसदीयदलका नेता चोधरी काठमाडौं गएको बुझिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ६ : ५५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा