१ पुस २०८२, मंगलबार | December 17, 2025

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन । निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउँदै जाने बताएका हुन ।

उनले समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे । निर्यात व्यवसायी महासंघलेनिर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्नमाग गरेको छ ।

त्यसैगरी महासंघले उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगहरुलाई लगानी गर्दा बैंक व्याजदरमा ५ प्रतिशतको अनुदानका साथै बैंकहरुको कुल ऋण प्रवाहको ५ प्रतिशत निर्यातजन्य उद्योगहरुमा अनिवार्य लगाउने व्यवस्था गर्न, निर्यात(आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्ने लगायत १७ वटा सुझाव दिएको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : २२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष