११ पुस २०८२, शुक्रबार | December 26, 2025

लोकगायक जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



झापा । लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गदैँ प्रधानमन्त्री ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गरेका हुन ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय सङ्गीतकार र गायक रहेको उल्लेख गरे । “हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाइ, सबै हुनुहुन्थ्यो”, उनले ‘फेसबुक पेज’मा लेखेका छन ।

स्थानीय शोक बिदा

त्यसैगरी, जोशी (एलपी) को निधनमा आज दमक नगरपालिकाले आधा दिन स्थानीय शोक बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना प्रकाशित गर्दै स्व जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजेपश्चात् दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा (दमक अस्पतालबाहेक) शोक बिदा दिइएको जानकारी दिए । शोक विज्ञप्तिमा स्व जोशीले गीतसङ्गीत, साहित्य, खेलकुद तथा कलाकर्मीका रुपमा दमक मात्र नभएर सिङ्गो देशका लागि पु(याएको योगदान स्मरणीय रहने उल्लेख छ ।

दमक-१ निवासी स्व जोशीको ८८ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो । उनको पार्थिव शरीर आज दिउँसो कन्काई नदी किनारमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनले गाएको ‘रिटिङ रिटिङ नबजाऊ विनायो’, ‘वल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हौ रानाज्यू’ लगायतका दर्जनौँ गीत चर्चित छन् । उनी विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरुबाट सम्मानित थिए ।

स्व जोशीका श्रीमती बिन्दा, छोरा पूजनको निधन भइसकेको छ । हाल छोरा मिलनसहित बुहारी, नाति नातिनीसँग बस्दै आएका थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन आज बिहानदेखि दमक नगरपालिका परिसरमा राखिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : २१ बजे

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट